
काठमाडौः सुनको मूल्य एक सातामा तोलामा ९ सय रुपैयाँले वृद्धि भएको छ। साताको अन्तिम दिन पनि एक सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ भएको छ।
गत शुक्रबार सुन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार तोलामा ६ सय रुपैयाँ बढेको सुन सोमबार पनि तोलामा एक सय रुपैयाँले वृद्धि हुदै प्रतितोला ९३ हजार ७ सय रुपैयाँ भएको थियो।
मंगलबार ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार पुगेको थियो। बुधबार एक हजार रुपैयाँले घटेर ९३ हजारमा आइपुगेको थियो। सुनको मूल्य बिहीबार पुनः ८ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँ बढेर प्रतितोला ११ सय ५० रुपैयाँ भएको छ। गत शुक्रबार प्रतितोला ११ सय ५ रुपैयाँ थियो। आइतबार र सोमबार तोलामा ५ रुपैयाँ बढेको चाँदी मंगलबार १० रुपैयाँले बढेर प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तोलामा १५ रुपैयाँले घटेको चाँदी बिहीबार २५ रुपैयाँ बढेर प्रतितोला ११ सय ३५ रुपैयाँ भएको थियो। चाँदीको मूल्य एक सातामा प्रतितोला ४५ रुपैयाँले महँगिएको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १७२०.९५ डलर र चाँदी प्रतिऔंस १८.८५ डलरमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतिऔंस १७ सय डलर र चाँदी १८.४८ डलरमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार सुन प्रतिऔंस १७१२.५० डलर र चाँदी १८.०६ डलर थियो।