काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन्। लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर भण्डारीले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको जनाएकी छिन्।
नेपालस्थित बेलायत दूतावास एलिजाबेथ द्वितीयको निधनमा शोक पुस्तिकामा हस्ताक्षर गर्नका लागि २४ गतेदेखि ३१ गतेसम्म (२५ र २६ गते बाहेक) खुला हुनेछ।