PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

मोहना नदीमा फेला पर्‍यो सोमवारबाट बेपत्ता भएकी एक किशोरीको शव



रासस

मोहना नदीमा फेला पर्‍यो सोमवारबाट बेपत्ता भएकी एक किशोरीको शव

गोदावरी : कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका-१३ की १६ वर्षीया आस्था शर्माको आज बिहान मोहना नदीमा शव फेला परेको हो।

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमवारबाट बेपत्ता भएकी थिइन्। बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो।

खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। उनले लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेकाले पहिचान खुलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell