PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ब्रेट ली नेपाल टी २० लिगको मेन्टर,  नेपाली क्रिकेटबारे के भने?



पहिलोपोस्ट

ब्रेट ली नेपाल टी २० लिगको मेन्टर,  नेपाली क्रिकेटबारे के भने?

काठमाडौं : अस्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाली टी २० लिगको मेन्टर बन्ने भएका छन्। आज नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाल टी २० लिगको मेन्टरका रुपमा सार्वजनिक गरेको हो।

कार्यक्रममा लीले आफूले नेपालमा क्रिकेटप्रति लगाव आफूले भेटेको बताए।

'मैले नेपालमा क्रिकेटको प्यासन देखेको छु। यो बढ्दै गएको छ,' नेपाली क्रिकेट अझ माथि गएको देख्न चाहेको बताउँदै उनले भने।

लिगमा अनलाइन तथा अफलाइन सेसन हुने र त्यसमा ब्रेट लीको 'एक्सपर्टिज' खेलाडीले पाउँदा त्यसको प्रभाव पर्ने र खेलको स्तर माथि उठ्ने सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन्दर जतिन अलुवालियाले दाबी गरेका छन्। उनले डेडिकेटेड अनलाइन सेसन हुने बताए।

नेपाल टी २० लिग असोज ८ गतेबाट सुरु हुने तालिका छ। प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अलस्टार, जनकपुर रोयल्स, बिराटनगर सुपर किंग्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell