PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ : शंकर पोखरेल



पहिलोपोस्ट

स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन्।

आज भरतपुर पुगेका उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुनसक्ने बताएका हुन्।

भने, 'स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन।'

उनले एमाले नीतिका आधारमा जनतामाझ जाने भन्दै आफ्नो मान्यतामा पार्टी दृढ रहेको बताए। निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उनले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell