PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस



रासस

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस
फाइल फोटो।

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। नेकपा (माओवादी केन्द्र)ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।

पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो।

त्यस्तै, प्रदेशसभा ‘क’ र ‘ख’ दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन/तीन जना सिफारिस भएका छन्। प्रदेशसभा ‘क’का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् भने ‘ख’का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका छन्।

समानुपातिकमा प्रदेशसभा ‘क’ तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ। प्रदेशसभा ‘ख’तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell