PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

साफ यू १७ पुरुष च्याम्पियनसिप : भारतविरुद्ध नेपालको सानदार पुनरामगन जित



पहिलोपोस्ट

साफ यू १७ पुरुष च्याम्पियनसिप : भारतविरुद्ध नेपालको सानदार पुनरामगन जित
Photo: SAFF

काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिप अन्तर्गत आज नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा भएको खेलमा भारतलाई ३-१ को गोलअन्तरले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। खेलको २४औँ मिनेटमा डेनी लाइसरामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाए। ४५औँ मिनेटमा नेपालका सरोज दर्लामीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा नेपालले दुई गोल थप्यो। ४९औँ मिनेटमा युनेश बुढाथोकीको गोलबाट नेपालले खेलमा कमब्याक गर्‍यो। त्यस्तै, ६७औँ मिनेटमा सुवास बमले गोल थपे।

नेपाल र भारतले आजको खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका थिए। आजको खेलमा जित निकालेसँगै नेपाले समूह 'बी' को विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell