PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

थप १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार २९४ जनामा परीक्षण गर्दा १ सय ५२ जनामा संक्रमण देखिएको हो।

१ हजार १८६ पीसीआर परीक्षण गरिएकोमध्ये ११० जनामा र २ हजार १०८ एन्टीजेन परीक्षण गरिएकोमा ४२ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा १३३ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४८ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १२ हजार १२ जना संक्रमितको नेपालमा मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell