PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इन्द्रजात्रा : कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु,  तल्लो टोलतिर तानिँदै

इन्द्रजात्रा : कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु,  तल्लो टोलतिर तानिँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यँया: (इन्द्रजात्रा)को तेस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो।

साँझ करिब साढे ५ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत गद्दी बैठक पुगेका थिए।

त्यसक्रममा मजिपा लाखे आजु, सवभक्कु, पुलुकिसी नाचका साथै दशअवतार प्रस्तुत गरिएको थियो।

वसन्तपुरस्थित कुमारी घर अगाडिबाट सुरु भएको रथयात्रा मरु, चिकंमुगल, मजिपात, जैशीदेवल, लगन, वन्डे, क्व: हिति हुँदै फेरि वसन्तुपर पुगेर आजको रथयात्रा सकिनेछ। आज रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमत:’ ल्याउने परम्परा रहेको छ।

भोलि भदौ २५ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा) रथ यात्रा गराइन्छ। भाद्र २९ गते नानिचा: यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell