PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम



पहिलोपोस्ट

बुटवलमा सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न ३ दिनको अल्टिमेटम

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न तीन दिनको अल्टिमेटम दिएको छ। उपमहानगरले शुक्रवार सूचना जारी गर्दै गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरुका सडक क्षेत्रमा बनेका संरचना, राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कसपहरु हटाउन तीन दिनको समय दिएको हो।

सूचनामा सडकको पेटी, चोकमा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसपलगायतका सामानहरु राखेर अवरोध गर्ने गरेको देखिएकोले ३ दिनभित्र खाली गर्न अनुरोध गरिएको छ।

त्यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नेपाल-भारत सीमानाकाको सडक अतिक्रमण गरी बनाएका टहरा हटाएको छ। स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका ठेलागाडा, ट्यांकी, टहरालगायतका संरचना हटाइएको हो।

तिलोत्तमा नगरपालिकाले पनि सडक क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न सूचना जारी गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell