PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

बेलायती महारानी एलिजाबेथको सम्मानमा तीन दिन शोक मनाउने सरकारको निर्णय



पहिलोपोस्ट

बेलायती महारानी एलिजाबेथको सम्मानमा तीन दिन शोक मनाउने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।

‘स्वर्गीय महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय नेपाल सरकार गर्दछ,’ निर्णयमा उल्लेख छ।

एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीवार निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारले बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना प्रकट समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell