PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारत भ्रमणमा जाने



पहिलोपोस्ट

परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारत भ्रमणमा जाने

काठमाडौं : परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल भारतका विदेश सचिव विनय मोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।              

परराष्ट्र सचिव पौड्यालले भदौ २८ देखि २९ गते (सेप्टेम्बर १३ देखि १४ तारिख) सम्म भारतको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा सचिव पौड्यालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तामा दुई पक्षबीच नेपाल र भारतबीचको सहयोगका विभिन्न क्षेत्रमा छलफल हुने बताइएको छ।

भ्रमण सम्पन्न गरि सचिव पौड्याल भदौ ३० गते स्वदेश फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell