PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सोमबार देशभर सिनेमा हल बन्द गर्ने निर्णयबाट पछि हट्यो नेपाल चलचित्र संघ



पहिलोपोस्ट

सोमबार देशभर सिनेमा हल बन्द गर्ने निर्णयबाट पछि हट्यो नेपाल चलचित्र संघ

काठमाडौं : नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ। चलचित्र संघले एक प्रेस विज्ञप्ति निकाल्दै सोमबार नेपालभर चलचित्र घरहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएको हो।

शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफल र सहमतिपछि संघ आफ्नो निर्णयबाट पछि हटेको हो।

'आगामी दिनमा समस्या समाधानका लागि दुवै संघका महासचिवज्युको नेत्त्त्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गरि छलफलबाट सहमति र सहकार्य र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने छौं,' विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell