PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

यस्तो छ शनिवार दिनभरको मौसम



पहिलोपोस्ट

यस्तो छ शनिवार दिनभरको मौसम

काठमाडौं : देशका विभिन्न स्थानमा शनिवार बिहानैबाट वर्षा भइरहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

'देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का भइरहेको छ,' बुलेटिनमा भनिएको छ।

शनिवार दिउँसो लुम्बिनी र वाग्मती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। 'देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाले भनेको छ, 'लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।'

राती देशभर आंशिकदेखि सामान्य बदली रहने उल्लेख छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। लुम्बिनी र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell