PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

दार्चुलामा बाढीपहिरो : एक जनाको मृत्यु, ५ जना बेपत्ता, ११ घर बगे



पहिलोपोस्ट

दार्चुलामा बाढीपहिरो : एक जनाको मृत्यु, ५ जना बेपत्ता, ११ घर बगे
फोटो : facebook.com/daulat.thagunna

कैलाली : शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको छ।

यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्।  नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको जानकारी आएको भए पनि पुष्टि भैनसकेको दार्चुलाका सहाय प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए।

यता महाकाली नगरपालिका-४ स्थित दार्चुला सदरमुकाम खलंगामा ११ घर बगेका छन्। बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको हो।  हालसम्म ११ घर, एक सामुदायिक विद्यालय, एक निर्माणाधीन पुन र एउटा झोलुङ्गे पुल बगाएको साउदले जानकारी दिए।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए।  घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell