PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

शनिवारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित



पहिलोपोस्ट

शनिवारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : शनिवार १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्।

अर्को बैठक अब बुधवार ११ बजे बस्ने सूचनामा उल्लेख छ। 'मिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक मिति २०७९ साल भदौ २९ गते बुधबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' जारी सूचनामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell