PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त



पहिलोपोस्ट

बेलायती महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्। शनिवार बिहान काठमाडौंस्थित बेलायती दुतावास पुगेर प्रधानमन्त्री देउवाले एलिजाबेथको निधनमा दु:ख व्यक्त गरेका हुन्।

देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी एलिजाबेथको ९६ वर्षको उमेरमा बाल्मोरमा बिहीवार निधन भएको हो।

बकिंघम दरबारले ७० वर्षसम्म बेलायत राजसंस्थाको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको निधन भएको घोषणा गरेको हो। उनी सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन्।

उनको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell