PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

प्रधानमन्त्री बन्न आफूलाई भारी मतले जिताउन प्रकाशमानको आग्रह



पहिलोपोस्ट

प्रधानमन्त्री बन्न आफूलाई भारी मतले जिताउन प्रकाशमानको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अबको निर्वाचनमा आफूलाई भारी मतले जिताउन आग्रह गरे छन्। काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा नेता सिंहले काठमाडौं १ बाट जितेर नेतृत्वमा पुगेन भनेर गुनासो गर्नुको साटो भारी मतले जिताउन आग्रह गरेका हुन्।

'मौका पायो भने संसदीय शासनमा प्रणालीमा संसद हुनुपर्‍यो। अनि संसदीय दलमा जित्नुपर्‍यो। अनि पो प्रधानमन्त्री हुन्छ। प्रधानमन्त्री बन्न त १६५ प्रत्यक्ष र ११० समानुपातिक सांसद आउँछन्,' नेता सिंहले भने, 'त्यसैले यस क्षेत्रबाट उठ्नेलाई भारी मतले जिताउनुस् न। ओहो काठमाडौं १ बाट यत्रो जनमत लिएर आएको छ। यसलाई रोक्न सक्दैन भन्ने पार्न सक्नुपर्‍यो नि। नेतृत्वमा नम्बर वान आएन भनेर गुनासो गर्न भएन नि। भारी मतले जिताउनुस्। क्षेत्र त के देश हाँक्न सक्ने हामी छौं।'

नेता सिंहले साना दल फुटपाथमा राखेका नाङ्लो पसल जस्तो भएकोसमेत बताए। विवेकशील साझाका नेता रवीन्द्र मिश्रतर्फ लक्षित गर्दै नेता सिंहले भने, 'नयाँ दलहरु के भन्छन् भने पुरानाले गर्न सकेन। अब हामी आउँछौं, गर्छौ भन्छन्। आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला? क्षमता होला?' नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालतबारेसमेत सिंहले प्रश्न गरे।

सिहंले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिँदै त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell