PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सर्लाहीमा जङ्गली हात्तीले घर भत्काएर खायो अन्नपात



रासस

सर्लाहीमा जङ्गली हात्तीले घर भत्काएर खायो अन्नपात

मलङ्गवा : सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ। जङ्गली हात्तीले गएराति हरिवन नगरपालिका-५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो।

हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए। हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्‍याएको छ। बस्तीमै हात्ती आएर क्षति पुर्‍याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन्। स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell