PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

खाडी मुलकमा खेल नेपालमा सट्टेबाजी



पहिलोपोस्ट

खाडी मुलकमा खेल नेपालमा सट्टेबाजी

काठमाडौं : सट्टेबाजी राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति विराटनगर महानगरपालिका वडा नम्बर ११ बाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर ११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन्। उनीहरुले युएईमा भइरहेको एसिया कप खेलमा सट्टेबाजी गरेको प्रहरीको आरोप छ।

उनीहरुको साथबाट प्रहरीले १८ हजार ५ सय रूपैयाँ नगद समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell