PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

थप १६३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४३०



पहिलोपोस्ट

थप १६३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ४३०

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७४६ जनामा परीक्षण गर्दा १ सय ६३ जनामा संक्रमण देखिएको हो।

१ हजार ७१८ पीसीआर परीक्षण गरिएकोमध्ये ११२ जनामा र २ हजार २८ एन्टीजेन परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा १३० जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ३० रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell