PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

गठबन्धनका दललाई उपेन्द्रको चेतावनी : सम्मानजनक स्थान नदिइए बाहिरिन्छौं



पहिलोपोस्ट

गठबन्धनका दललाई उपेन्द्रको चेतावनी : सम्मानजनक स्थान नदिइए बाहिरिन्छौं

जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने बताएका छन्। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभामा गठबन्धनमा सम्मानजनक तालमेल हुने अवस्था नभए जसपा गठबन्धनबाट बाहिरिने यादवले बताउँदै आएका छन्।

काठमाडौंमा गठबन्धनबाट बाहिर गएर जसपा एक्लै निर्वाचन लड्ने चेतावनी दिएका यादवले जनकपुरधाम पुगेर फेरि सो चेतावनी दोहोर्‍याएका हुन्।

पिछडावर्ग महासंघ (ओबिसी)को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले गठबन्धनको नाममा आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए। लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधिसभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उतरिएको दाबी गर्दै यादवले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनमा जान तयार भएको बताए।

'लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले सडक आन्दोलन गर्‍यो,' जसपा अध्यक्ष यादवले भने 'आज गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र हुँदैछ।' 

जसपाले कुनै पनि हालतमा आत्मघाती निर्णय नगर्ने भन्दै उनले भने, 'यद्यपि अहिले पनि हामी गठबन्धनबाटै अगाडि बढ्न तयार रहेका छौँ।' 

यादवले थप भने, 'मधेशको शक्तिको रुपमा रहेको जसपालाई कमजोर बुझ्ने भूल भइरहेको छ। जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिष्टले नगरोस, चेतावनी दिन चाहन्छु‍।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell