PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस महामन्त्री शर्मा अस्वस्थ, भोलि अपरेसन हुने



पहिलोपोस्ट

कांग्रेस महामन्त्री शर्मा अस्वस्थ, भोलि अपरेसन हुने

काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्वस्थ भएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अस्वस्थ रहेको जानकारी दिएका छन्।

'आकस्मिक अस्वस्थताका कारण परीक्षणपश्चात् औषधि लिँदै डाक्टरको सल्लाहमा रेस्टमा छु। केही दिनमा सानो अप्रेसन छ,' शर्माले फेसबुकमा लेखेका छन्, 'अपरेसनपश्चात छोटो अवधि रेस्ट गरेर काममा फर्किने छु।'

शर्मा निकट स्रोतका अनुसार अहिले उनी घरमै आराम गरिरहेका छन्। भोलि अस्पताल पुगेर अप्रेसन गर्ने तालिका रहे पनि रोगबारे भने स्रोतले खुलाएनन्।

अपरेसनपछि एक हप्ता आराम गरेर मात्र काममा फर्कने तयारीमा शर्मा रहेका छन्। महामन्त्री शर्मा अहिले कांग्रेस घोषणापत्र तयारी समितिका संयोजक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell