PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

व्यक्तिले संसद चलाउन खोजेको ओलीको आरोप, 'वंशजका आधारमा नागरिकता पाउनुपर्छ'



पहिलोपोस्ट

व्यक्तिले संसद चलाउन खोजेको ओलीको आरोप, 'वंशजका आधारमा नागरिकता पाउनुपर्छ'

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्। शनिवार विराटनगर पुगेका उनले सरकारले अहिले ल्याएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरि विधेयक ल्याउनुपर्ने बताएका हुन्।

ओलीले भन्नुभयो, 'यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ।' 

उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए। नागरिकताका विषयको सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न उनले अनुरोध पनि गरेका छन्।

ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्ने भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको बताए। ओलीले निर्वाचन मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको पनि बताए। साथै, निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत निर्वाचन परिचालन गर्नुपर्ने सुझाव उनले दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell