PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सात कविको समूहले भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्ध वाचन गरे कविता



पहिलोपोस्ट

सात कविको समूहले भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्ध वाचन गरे कविता

काठमाडौं : सातजना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन) ले कवितागोष्ठी गरेको छ। समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्धमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५, भीराडिल पार्कमा कवितागोष्ठी आयोजना गरिएको हो। 

उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए। गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले कविता वाचन गरेका थिए। समूहका एक सदस्य टङ्क उप्रेती भने सामाजिक सञ्जालका माध्यमबाट गोष्ठीमा सहभागी भएका थिए।

‘सङ्घ र प्रदेशको आसन्न निर्वाचनमा सहभागी बनौँ, असल उम्मेदवारको चयन गरौँ’ भन्ने नाराका साथमा गरिएको उक्त गोष्ठीमा पार्कमा घुम्न आएका युवायुवती र स्थानीयको सहभागिता रहेको थियो। नेपाली कविता साहित्यमा तीन दशकभन्दा लामो साथ बिताइसकेका सात कविहरूको यो समूहले ‘यतैकतै’ संयुक्त कविता कृतिसमेत प्रकाशित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell