PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

एएफसी यू २० एसियन कप फुटबल छनोटमा नेपाल भुटानसँग पराजित, के भन्छन् प्रशिक्षक?



पहिलोपोस्ट

एएफसी यू २० एसियन कप फुटबल छनोटमा नेपाल भुटानसँग पराजित, के भन्छन् प्रशिक्षक?
तस्बिर: एनएसजेएफ

काठमाडौं: एएफसी यू २० एसियन कप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल भुटानसँग पराजित भएको छ। बहराइनस्थित शेख अलि बिन मोहम्मद स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा नेपालले २-० गोलको अप्रत्यासित हार ब्यहोरेको हो।

खेलको ३३ औं मिनेटमा मिनेटमा सोनाम छोजङको गोलमा अग्रता बनाएको भुटान पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा कर्मा टासी जामस्छोले गोले थपे। उनले खेलको ४७ औं मिनेटमा गोल थप्दा इन्ज्युरी समयमा नेपाली टोलीका डिफेन्डर अभिषेक वाइवा इन्ज्युरी समयमा रेडकार्ड ब्यहोर्दै बाहिरिएका थिए।

खेलपछि नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भुटानसँगको हार स्वीकार्न नसकेको प्रतिकृया दिए।

'आजको म्याचमा नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने विषय होइन। हामीले पनि स्वीकार्न सकेको छैन।' उनले भने।

प्रशिक्षक केसीले बहराइन पुगेर तुरुन्त खेल खेल्नुपर्दा एडजस्ट हुने समय नपुगेका तथा खेलाडीहरु बिरामी भएको प्रतिकृया दिए।

' बहराइनमा पछि आउँदा एडजस्ट हुन सकेनौं। खेलाडीहरु बिरामी भए। खेलाडीको जिउमा शक्ति कम भयो,' प्रशिक्षक केसीले भने,'खेलको अघिल्लो एकदिन ट्रेनिङ गरियो त्यसले झन गाह्रो बनायो। नेपाली समयअनुसार नेपाली समयअनुसार २ बजेसम्म बाहिरै थियौ। एकदिनमै समयसँग एडजस्ट हुने कुरा भएन। समग्रमा यो कुरा भन्दा पनि भुटानसँग हारेको स्वीकार्न पर्छ।'

केसीले भुटानी टिम १० दिन देखि बहराइन पुगेर एडजस्ट भएको तर नेपाली टोलीले एउटा ट्रेनिङ पनि राम्रोसँग गर्न नपाएको अवस्थाले यस्तो नतिजा आएको बताए।

समूह 'बी' मा नेपाल, भुटान, बहराइहिन, कतार र बंगलादेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell