PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

फराकिलो जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा, ला लिगामा केके भयो?



पहिलोपोस्ट

फराकिलो जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा, ला लिगामा केके भयो?
Photo: Laliga

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले कार्डिजलाई हराएको छ। स्टेडियो नुएभो मिरनडिल्लामा सम्पन्न खेलमा बार्सलोनाले घरेलु टोलीमाथि ४-० को फराकिलो जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५५ औं मिनेटमा फ्रेन्की डी जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ६५ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल थप्दै अग्रता दोब्बर बनाए। लेवान्डोस्कीकै पासमा ८६ औं मिनेटमा अंशु फाटी र इन्जुरी समयमा ओस्माने डेम्बेलेले गोल गर्दाा बार्सलोनाले ४-० को फराकिलो जित निकाल्यो। खेलका क्रममा एक जना समर्थकलाई 'मेडिकल इमर्जेन्सी' पर्दा खेल लामो समय प्रभावित समेत बनेको थियो। 

जितसँगै ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले ४ खेलबाट १२ अंक जोडेको छ।

त्यस्तै गएराति नै सम्पन्न अन्य खेलमा रायोभालेकानोले भ्यालेन्सियालाई २-१ गोलअन्तरले हराउँदा सेभियाले स्पानोयललाई ३-२ गोलअन्तरले हरायो। त्यस्तै एट्लेटिको मड्रिडले सेल्टाभिगोमाथि ४-१ गोलको जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell