PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

नेइमारको गोलमा पीएसजीको जित



पहिलोपोस्ट

नेइमारको गोलमा पीएसजीको जित
Photo: PSG

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्रेस्टमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पीएसजीको जितमा ब्राजिलका फर्वाड नेइमारले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा निर्णायक गोल गरेका थिए। अर्कोतर्फ ब्रेस्टले पेनाल्टीको अवसर पाएर पनि सदुपयोग गर्न सकेन। खेलको ७० औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा इस्लाम स्लिमनी चुकेका थिए।

जितसँगै ७ खेलबाट १९ अंक जोडेको पीएसजी तालिकाको शीर्षस्थानमा छ। समान १९ अंक जोडेको मार्सेली दोस्रो स्थानमा छ। मार्सेलीले गएराति नै सम्पन्न खेलमा लिलमाथि २-१ गोलको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell