PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

यस्तो छ आइतवार दिनभरको मौसम पूर्वानुमान



पहिलोपोस्ट

यस्तो छ आइतवार दिनभरको मौसम पूर्वानुमान

काठमाडौं : आइतवार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनायो। 'आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भु-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा भनिएको छ, 'वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।'

यसैगरी राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। सुदूरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell