PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि मिति तोकियो



पहिलोपोस्ट

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि मिति तोकियो
फोटो : Ludovic MARIN / POOL / AFP

बेलायतकी दिवंगत महारानी एलिजाबेथको अन्त्येष्ति सेप्टेम्बर १९ मा हुने भएको छ। बकिङ्घम दरवारले उक्त मितिमा एलिजाबेथको अन्त्येष्टि हुने मिति तय गरेको हफपोस्टले जनायो।

दिवंगत महारानीको शव वेस्टमिनिस्ट अबेमा अन्त्येष्टि गरिनेछ। आइतवारबाट महारानीको शव स्कटल्यान्ड हुँदै बकिङ्घम लगिने तालिका रहेको बताइएको छ। वेस्टमिनिस्टरमा ४ दिनसम्म सर्वसाधारणलाई पनि एलिजाबेथको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको छ।

बेलायती महारानी एलिजाबेथको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको हो। उनको निधनमा विश्वभरका नेताहरुले दु:ख व्यक्त गरेका छन्। उनको अन्त्येष्टि समारोहमा विश्वका नेताहरु सहभागी हुने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell