PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं



पहिलोपोस्ट

एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं

बुटवल : नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं पूर्व रुपन्देही जिल्ला इञ्चार्ज डा बालकृष्ण चापागाईं नेकपा (एमाले)मै फर्किएका छन्। उनलाई आइतवार बिहान बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन्।

एकीकृत समाजवादी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पुच्छर मात्रै बनेको र आफ्नो बेग्लै पहिचान स्थापित गर्न असफल भएको आरोप चापागाईंले लगाएका छन्। नेपालको कम्युनिस्ट आन्दोलन, आर्थिक समृद्धि र विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ आफू एमालेमै फर्किएको उनले बताए।

एमाले उपाध्यक्ष पौडेलले चापागाईं मातृ पार्टी एमालेमा फर्किएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्विर सेयर गरेर जानकारी दिएका छन्। चापागाईं एमालेमा फर्किएसँगै रुपन्देही क्षेत्र नम्बर २ दाबी गर्दै आएको एकीकृत समाजवादीलाई धक्का लागेको छ। एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईं प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell