PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चितुवाले आक्रमण गरेपछि प्रतिकारमा उत्रिए युवक, चितुवाको मृत्यु



पहिलोपोस्ट

चितुवाले आक्रमण गरेपछि प्रतिकारमा उत्रिए युवक, चितुवाको मृत्यु

बुटवल : चितुवाले आक्रमण गरेपछि प्रतिकारमा उत्रिएका युवक घाइते भएका छन्। युवकको प्रतिकारमा चितुवाको मृत्यु भएको छ।

रेसुङ्गा नगरपालिका-६ निनीचौरका ३० वर्षीय यम बहादुर कुँवरलाई आइतवार बिहान चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट कुँवरको शरीरका विभिन्न भागमा चोट लागेको छ।

घर नजिकै रहेको कुखुराको खोरमा गएका कुँवरलाई चितुवाले एक्कासी आक्रमण गरेको हो। खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरभित्र पसेका थिए। खोरभित्र रहेको चितुवाले उनलाई आक्रमण गर्न थालेपछि कुँवर प्रतिकारमा उत्रिएका हुन्।

उनको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। कुँवरको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ। चितुवाले खोरमा रहेका ६० भन्दाबढी कुखुरा मारेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी र जिल्ला वन कार्यालयको टोली पुगेर मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell