PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

शंखपार्कबाट एक किलो सुनसहित दुई जना समातिए



पहिलोपोस्ट

शंखपार्कबाट एक किलो सुनसहित दुई जना समातिए

काठमाडौं : प्रहरीले अवैध तरिकामा ल्याएको सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-४ महाराजगंज शंखपार्कस्थित सडकबाट एक किलो सुनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको हो। धादिङ रुबीभ्याली गाउँपालिका-३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell