PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एसिया कपको फाइनल आज : पाकिस्तानलाई लयमा रहेको श्रीलंकाको चुनौती



पहिलोपोस्ट

एसिया कपको फाइनल आज : पाकिस्तानलाई लयमा रहेको श्रीलंकाको चुनौती
Photo: PCB

एसिया कप क्रिकेट अन्तर्गत आज फाइनल खेलमा पाकिस्तान र श्रीलंका भिड्दै छन्। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने फाइनल खेल पौने राति ८ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै पाकिस्तान १० वर्षपछि र श्रीलंका ८ वर्षपछि च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन्।

टी २० इन्टरनेशनलमा यी दुई टोलीबिचको पछिल्ला २२ खेलमा पाकिस्तान बलियो देखिन्छ। यसमा पाकिस्तानले १३ खेल जित्दा श्रीलंकाले ९ खेल जितेको छ। यसअघि सन् २०१४ को एसिया कपको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए। जसमा त्यतिबेलाको साविक विजेता पाकिस्तानलाई हराउँदै श्रीलंका च्याम्पियन बनेको थियो।

जारी प्रतियोगितामा पाकिस्तान समूह 'ए' को उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो भने श्रीलंका समूह 'बी' को उपविजेता बन्दै सुपर फोरको यात्रा तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell