PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधान सेनापतिको निर्देशन : काठमाडौं-तराई फास्टट्र्याक समयमै निर्माण गर्नू



पहिलोपोस्ट

प्रधान सेनापतिको निर्देशन : काठमाडौं-तराई फास्टट्र्याक समयमै निर्माण गर्नू
फाइल फोटो।

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्टट्र्याक) सडक आयोजना समयसीमाभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। जङ्गी अड्डामा आयोजित कार्यक्रमका बिच नेपाली सेनाका सकलदर्जालाई पदबहालीको एक वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न पनि उनले सकलदर्जालाई निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

‘वहाँले निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गरी आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न समेत निर्देशन दिनुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ।

सो अवसरमा प्रधान सेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समीक्षा गरेका थिए। साथै, उनले प्राथमिकताका क्षेत्रहरुमा जोड दिँदै आगामी कार्यदिशाका बारेमा जानकारी गराएका थिए।

नेपाली सेनामा कार्यरत उपत्यका भित्रका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जा सहभागी रहेको सो कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेशन, युनिट तथा सबयुनिटहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell