PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कृषिमा आधारित उद्योगको विकासमा प्रचण्डको जोड, 'बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्छु'



पहिलोपोस्ट

कृषिमा आधारित उद्योगको विकासमा प्रचण्डको जोड, 'बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्छु'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने भन्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका हुन्।

कार्यक्रममा उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताए। उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए।  ५० देखि ६० वर्ष अगाडिसम्म खाद्यान्नमा नेपाल आत्मनिर्भर भएको र सबैचिज निर्यात गर्नसक्ने अवस्थामा रहेको भन्दै उनले अहिले परिस्थिति उल्टो भएको बताए।

‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो। कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ। यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो,' उनले भने।

उनले जलस्रोतको समेत सहि सदुपयोग हुन नसकेको भन्दै पर्यटनको विकासको निम्ति आवश्यक सबै पूर्वाधारको विकास गर्न र जडिबुटी र खनिजको विकास गर्ने कुरा पनि प्राथमिकतामा रहेको बताए।

'रणनीतिक रुपमा, दीर्घकालिन नेपाल र नेपालीको हित हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ। हाम्रो निम्ति आवश्यक छ,' उनले भने।

प्रचण्डले युवाहरु उद्यमशिल हुन चाहेमामात्रै देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell