PahiloPost

Jul 3, 2024 | २० असार २०८१

दशैंका लागि काठमाडौं नआउने भयो च्याङ्ग्रा, एउटैको मूल्य ४० हजार माथि



पहिलोपोस्ट

दशैंका लागि काठमाडौं नआउने भयो च्याङ्ग्रा, एउटैको मूल्य ४० हजार माथि

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंमा पनि च्याङ्ग्रा नल्याउने भएको छ। जिउँदो च्याङ्ग्राको मूल्य नै प्रतिकेजी १७ सय पर्ने भएपछि नल्याउने निर्णयमा कम्पनी पुगेको हो। च्याङ्ग्रा काठमाडौं ल्याउँदा एउटै च्याङ्ग्राको मूल्य ४० हजार माथि पर्ने देखिएको छ।

'खर्कमै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १७ सय रुपैयाँ रहेछ। त्यो ल्याएर काठमाडौंमा बेच्न सक्ने अवस्था देखिएन,' कम्पनीका एक कर्मचारीले भने, 'त्यही भएर यो वर्ष पनि नल्याउने निर्णय गरेका हौं।'

कम्पनीले खसीबोका र च्याङ्ग्रा ल्याउनका लागि करिब ६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ। कम्पनीले दशैंका बेलामा उपभोक्ताले सस्तो र सुलभ रुपमा पाउन भन्ने उद्देश्यले बर्सेनि खसीबोका र च्याङग्रा ल्याएर बिक्री गर्छ।

केही वर्ष अघि दशैंमा तिब्बतबाट च्याङ्ग्रा आउने गर्थ्यो। कोभिड-१९ ले तिब्बतबाट च्याङ्ग्रा नआएपछि मूल्य दुई वर्षमा तेब्बर महँगो भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell