PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा



पहिलोपोस्ट

अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा
फाइल फोटो।

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत अलमुताइरीले पद छाडेको घोषणा गरेका छन्।

‘नेपाली फुटबलको सेवामा रहेको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा मेरो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भनेका छन्, ‘खुसी, माया, दु:ख र पीडासहितको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’

अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको तयारीमा रहेका १० खेलाडीले गत बैशाख १३ गते बन्द प्रशिक्षण छाडेका थिए। त्यसपछि अलमुताइरी र खेलाडीहरुबिचको विवाद बाहिर आएको थियो। अलमुताइरीले १० खेलाडीलाई बाहिरै राखेर एसिया कप छनोट खेल्न उनीहरुको स्थानमा नयाँ खेलाडी राखेका थिए। 

त्यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि उनी नेपाली फुटबलमा नफर्किने चर्चा चलेको थियो।पंकज नेम्बाङ नेतृत्वमा आए आफू नेपाली फुटबलमा नरहने आशयमा उनले अभिव्यक्ति दिँदै आएका थिए। एन्फाको नेतृत्वमा नेम्बाङ आएसँगै उनले इन्स्टाग्राममा नेपाली फुटबललाई शुभकामना भन्दै समर्थकहरुलाई धन्यवाद दिएका थिए।

'नेपाल मेरो मुटुमा छ तर हरेक कथाको अन्त्य हुन्छ,' उनले इन्स्टाग्राम स्टोरीमा लेखेका थिए। तर, उनले उक्त स्टोरीलाई तुरुन्तै हटाएका थिए। त्यही बेला पनि उनले नेपाली टोली छाड्ने अडकल गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell