PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

थपिए १०४ जना कोरोना संक्रमित, २ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

थपिए १०४ जना कोरोना संक्रमित, २ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५८७ जनामा परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण देखिएको हो।

१ हजार ५९२ पीसीआर परीक्षण गरिएकोमध्ये ८९ जनामा र १ हजार ९९५ एन्टीजेन परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा २०१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय १६ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १२ हजार १४ जना संक्रमितको नेपालमा मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell