PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको भारतीय मिडियाको दाबी



पहिलोपोस्ट

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको भारतीय मिडियाको दाबी
फोटोः एएनआई

काठमाडौं: पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्याका मुख्य आरोपितलाई नेपालबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय सञ्चार एजेन्सी एएनआइले नेपाल प्रहरीले मुख्य आरोपित दिपक मुन्डीलाई पक्राउ गरेको दाबी गरेको छ।

जेठमा हत्यारा खोज्दै दिल्ली प्रहरीको विशेष टोली काठमाडौं आएको भारतीय सञ्चार माध्यमले जनाएका थिए। 'इन्डिया टुडे' लगायतका मिडियाले भारतीय प्रहरीको टोली काठमाडौं आएको बताएको थियो।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले पक्राउबारे कुनै पनि जानकारी नभएको बताए।

गत जेठमा पञ्जावमा मुसेवालाको गोली हानेर हत्या भएको थियो। हत्या गरेपछि सुटर नेपाल भागेको भन्ने जानकारी आएपछि प्रहरी टोली काठमाडौं आएको दाबी भारतीय सञ्चार माध्यमले गरेका थिए। मुसेवाला प्रकरणमा गोल्डी ब्रारले हत्याको जिम्मेवारी लिएका थिए। उनीहरुले गाङस्टर वियक्की मिड्डुखेराको हत्याको बदला लिएको बताएका छन्। अहिले भारतीय सञ्चार माध्यमले मुसेवाला घटना ग्याङ्वार भएको संज्ञा दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell