PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

पूर्वन्यायाधीश समाजमाथि चोलेन्द्रको गम्भीर आरोप, ‘यो मण्डले समाज हो, मुद्दा, नियुक्ति र सरुवामा चासो राख्छ’



पहिलोपोस्ट

पूर्वन्यायाधीश समाजमाथि चोलेन्द्रको गम्भीर आरोप, ‘यो मण्डले समाज हो, मुद्दा, नियुक्ति र सरुवामा चासो राख्छ’

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व न्यायाधीश समाज र न्यायाधीश समाजमाथि गम्भीर आक्षेप लगाएका छन्। आफूविरुद्धको महाभियोगको प्रस्तावमा जवाफ दिने क्रममा जबराले समाजलाई मण्डलेहरुले नेतृत्व गरेको आरोप लगाए। उनले ती समाज संवैधानिक र कानुन रुपमा कुनै हैसियता नभएका संस्थासमेत भएको दाबी गरे। 

जवाफका क्रममा जबराले भने, ‘पूर्वन्यायाधीश समाज र न्यायाधीश समाज भनेका हिजोका नेविसंघ र मण्डले जस्तै हुन्। पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज हो। हिजोका मण्डले जति पनि न्यायाधीश भए तिनले नेतृत्व गरेका छन्। जस्तो टोपबहादुर सिंह। त्यसपछि ओझाजी उपाध्यक्ष हुनुहुन्छ, ऊ अर्को मण्डले हो। अर्को घनघोर मण्डले चाहिँ शम्भु खड्का हो। हामी न्यायाधीश बस्दा पनि मण्डले न्यायाधीश समाज भन्थ्यौं। यसले विरोध गर्नुमा कुनै कुरा छैन।’ 

पूर्वन्यायाधीशले सधैं आफूलाई बहालवाला सम्झेको आरोप जबराको छ। उनले पूर्वन्यायाधीशले मुद्दा, न्यायाधीश नियुक्ति र सरुवामा चासो राख्ने गरेको बताए। 

संवैधानिक, कानुनी रुपमा हैसियत नरहेको संस्थाले गैरकानुनी माग राख्न नपाउने उनले जिकिर गरे। पूर्वन्यायाधीशले न्यायपालिकामा सिलो खोज्ने काममात्र गरेको उनको भनाई छ।   

उनले मानव अधिकार आयोगको नियुक्तिमा पनि पूर्वप्रधानन्यायाधीशहरुको चासो रहेकाले नियुक्ति नपाउने आफूविरुद्ध लागेको जिकिर गरे। पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र मीनबहादुर रायमाझीले नियुक्ति नपाएकोमा रुष्ट रहेको उनले दाबी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell