PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

मालोर्कालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा



पहिलोपोस्ट

मालोर्कालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा
Photo: Laliga

स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले मालोर्कालाई हराएको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियलले मालोर्कामाथि ४-१ गोलको पुनरागमन जित निकालेको हो।

खेलमा अग्रता भने मालोर्काले ३५ औं मिनेटमा वेदत मुरिक्वीको गोलमा बनाएको थियो। तर, घरेलु टोलीका फेडेरिको भाल्भर्डेले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ७२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले अग्रता बनायो। त्यस्तै ८९ औं मिनेटमा रोड्रिगो र इन्ज्युरी समयमा एन्टोनियो रुडिगरले गोल थप्दा रियल मड्रिडले ४-१ को सहज जित निकाल्न सफल भयो।

जारी सिजन शतप्रतिशत जित निकालेको रियलको यो लगातार पाँचौ जित हो। अंकतालिकाकामा १५ अंक जोडेर मड्रिड शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा छ। ५ अंक जोडेको मालोर्का भने तालिकाको १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell