PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दाङ २ मा माओवादीबाट महरा सिफारिस, एमालेबाट शंकर पोखरेल



पहिलोपोस्ट

दाङ २ मा माओवादीबाट महरा सिफारिस, एमालेबाट शंकर पोखरेल

दाङ : नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका हुन् भने शर्मा समानुपातिक सांसद हुन्। त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २  बाट उम्मेदवार भए पनि पराजित भएका थिए। यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शङ्कर पोखरेललाई एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell