PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गुपचुपमै सकियो नेपाल टी २० लिगको ड्राफ्ट, को कुन टिममा?



मुकुन्द घिमिरे

गुपचुपमै सकियो नेपाल टी २० लिगको ड्राफ्ट, को कुन टिममा?

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी २० लिगको ड्राफ्ट गुपचुपमै सकेको छ। क्यानले शनिवार ड्राफ्टमार्फत ६ टोलीका मार्की खेलाडी सार्वजनिक गरेको थियो। जसमा कान्तिपुर गोर्खाजले ज्ञानेन्द्र मल्ल, लुम्बिनी अलस्टारले दीपेन्द्रसिंह ऐरी, विराटनगर सुपरकिंग्सले रोहितकुमार पौडेल, पोखरा एभेन्जर्सले आशिफ शेख, जनकपुर रोयल्सले सोमपाल कामी र फारवेस्ट युनाइटेडले करण केसीलाई मार्की खेलाडीका रुपमा लिएका थिए। ड्राफ्टमा सबै मार्की खेलाडी १५ लाखमा अनुबन्धित भएको क्यानले जनाएको छ।

त्यस्तै आइतवार पहिलो चरणमा नेपाली खेलाडी र पछि विदेशी खेलाडीको पनि ड्राफ्ट सम्पन्न गरेको थियो।

ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको काठमाडौँ गोर्खाजमा 'ए' वर्गीकरणका थिसरा परेरा, 'बी' वर्गीकरणका दर्शनप्रिय एस वीरक्कोडी र धनन्जय डी सिल्भा, 'सी' वर्गीकरणका वीरनदीप सिंह र कामिन्दु मेन्डिस छन्।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको लुम्बिनी अलस्टारमा ‘ए’ वर्गीकरणका बेन कटिङ, ‘बी’ वर्गीकरणका रखीम कर्नवाल र प्याट ब्राउन छन्।  ‘सी’ वर्गीकरणका विपुल शर्मा, लहिरु मिलान्था र नुवान तुशरा छन्।

रोहितकुमार पौडेल मार्की खेलाडी रहेको विराटनगर सुपरकिंग्समा 'ए' वर्गीकरणका एनगेलो म्याथ्युस छन्। त्यस्तै 'बी' वर्गीकरणका जोसुवा पर्सुअद र आन्द्रे म्याककार्थी र ‘सी’ वर्गीकरणका गौरन्सु शर्मा, मिनोद रनसिंघे र केओन जोसेप छन्।

आशिफ शेख मार्की खेलाडी रहेको पोखरा एभेन्जर्समा 'ए' वर्गीकरणका मोहम्मद हफिज छन् भने 'बी' वर्गीकरणका सेक्कुगे प्रसना, निरोसन डिक्वेला तथा 'सी' वर्गीकरणका सलमान इर्साद र शेहन मधुशंका छन्।

त्यस्तै सोमपाल कामी मार्की खेलाडी रहेको जनकपुर रोयल्समा 'ए' वर्गीकरणका आडम लिथ, 'बी' वर्गीकरणका ट्रिभोन अबसाइ ग्रिफ्त र इब्राहिम जार्डन तथा 'सी' वर्गीकरणका राज रक्की नानन र शुभसिंगे प्रियन्जन रहेका छन्।

करण केसी मार्की खेलाडी रहेको फार वेस्ट युनाइटेडले 'ए' वर्गीकरणका कार्लोस ब्रेथवेटलाई भित्र्याएको छ भने 'सी' वर्गीकरणका दुसन हेमन्था, पुलिना थरंगा, जेसन मोहम्मद, अल्ला गाजनफार र जियाउल रहमानलाई भित्र्याएको छ।    

कुन टिम कस्तो बन्यो?

कान्तिपुर गुर्खाज्

ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमेद, कमल सिंह ऐरी, अविनास बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम, गौतम केसी, थिसरा परेरा, दर्शनप्रिय एस वीरक्कोडी, धनन्जय डी सिल्भा, वीरनदीप सिंह र कामिन्दु मेन्डिस

लुम्बिनी अल स्टार्स

दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, योगेन्द्र सिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल  धमला, आकाश चन्द, इशान पाण्डे, बेन कटिङ, रखीम कोर्नवाल, प्याट ब्राउन, विपुल शर्मा, लाहिरु मिलान्था, नुवान तुशारा

विराटनगर सुपर किङ्स

रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल, एनगेलो, जोसुवा पर्सुअद र आन्द्रे म्याककार्थी, गौरन्सु शर्मा, मिनोद रनसिंघे र केओन जोसेप

जनकपुर रोयल्स

सोमपाल कामी, सन्दीप जोरा, आदील आलम, दीलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी, आडम लिथ, ट्रिभोन अबसाइ ग्रिफ्त र इब्राहिम जार्डन, राज रक्की नानन र शुभसिंगे प्रियन्जन

पोखरा एभेन्जर्स

आसिफ शेख, शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, तुल बहादुर थापा, विशाल बिक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्दान्त लोहनी, मोहम्मद हफीज,सेक्कुगे प्रसना, निरोसन डिक्वेला, सलमान इर्साद र शेहन मधुशंका   

फारवेस्ट युनाइटेड

करण केसी, बिनोद भण्डारी, भिम सार्की, देव खनाल, राशिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरि शंकर शाह, शेर मल्ल, बसन्त कार्की, प्रकाश जैशी, हसिम अन्सारी, कार्लोस ब्रेथवेट, दुसन हेमन्था, पुलिना थरंगा, जेसन मोहम्मद, अल्ला गाजनफार र जियाउल रहमान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell