PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : सोमवार दिउँसो देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

'देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा भनिएको छ, 'वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।'

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको र देशभर आंशिकदेखि सामान्य  बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनायो। राति भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell