PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

समानुपातिक सूची सच्याउने समय असोज १६ गतेसम्म



पहिलोपोस्ट

समानुपातिक सूची सच्याउने समय असोज १६ गतेसम्म

काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ।

आयोगले उक्त प्रणालीका लागि आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी आउँदो असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरुपमा पेस गर्न आयोगले आज दलहरुलाई आग्रह गरेको छ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गरेर कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको बताए।

उक्त प्रणालीतर्फको बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ। आयोगको सुझावबमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell