PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

प्रचण्ड भेट्न गृहमन्त्री खाण र कानुनमन्त्री शर्मा पुगे खुमलटार



पहिलोपोस्ट

प्रचण्ड भेट्न गृहमन्त्री खाण र कानुनमन्त्री शर्मा पुगे खुमलटार
फाइल फोटो

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा सोमवार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए। प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादीका अध्यक्ष प्रचण्डसँग कुराकानी भएको हो।

त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको प्रचण्डको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell