PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

साफ यू १७ को दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पहिलो सेमिफाइनलमा आजै भारत र बंगलादेश खेल्ने



पहिलोपोस्ट

साफ यू १७ को दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पहिलो सेमिफाइनलमा आजै भारत र बंगलादेश खेल्ने
फाइल फोटो : साफ

काठमाडौं: साफ यू १७ पुरुष च्याम्पियनसीपको आज हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बोमा बेलुकी सवा ८ बजे खेल सुरु हुनेछ।

नेपाल प्रतियोगिताको समूह 'बी' मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। श्रीलंका समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

त्यसअघि पहिलो सेमिफाइनलमा भारत र बंगलादेश पौने २ बजे भिड्दैछन्। बंगलादेश समूह 'ए' को विजेता हो भने भारत समूह 'बी' को उपविजेता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell