काठमाडौं: साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे खेल सुरु हुनेछ।
पहिलो खेलमा भुटानमाथि ४-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहने छ। भुटानविरुद्ध नेपालका सवित्रा भण्डारी र अनिता बस्नेतले समान २ गोल गर्दै जित सुनिश्चित गरेका थिए। अर्कोतर्फ श्रीलंकाले आफ्नो पहिलो खेलमा भुटानसँग खेलेको थियो। जसमा भुटानले ५-० को फराकिलो जित निकालेको थियो।
समूह 'बी' मा नेपाल, भुटान र श्रीलंका छन्। नेपालले आजको खेल जितेको खण्डमा समूह 'बी' बाट नेपाल विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछन्। समूह 'ए' बाट भारत र बंगलादेशले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।