PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

करोड क्लबमा प्रवेश गर्‍यो ‘ब्रह्मास्त्र’



पहिलोपोस्ट

करोड क्लबमा प्रवेश गर्‍यो ‘ब्रह्मास्त्र’

बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले तीनदिनमा सय करोड बढीको व्यापार गरेको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले भारतमा तीनदिनमा १२५  करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

गत शुक्रवार रिलिज भएको फिल्मले पहिलो दिन ३६-३७ करोड कमाई गरेको थियो। दोस्रो दिन शनिवारदेखि फिल्मको व्यापारको रफ्तार बढेको छ। दोस्रो दिन फिल्मले ४२ करोड कमाउँदा तेस्रो दिन घरेलु बक्सअफिसमा ४६ करोडको व्यापार गर्न सफल भएको छ।

यो रणवीरको लागि निकै ठूलो ओपनिङ हो। यस फिल्मको व्यापारले उनकै ‘सञ्जु’ फिल्मको व्यापारलाई समेत पछि पारेको छ। यो हिन्दी फिल्मको लागि अहिलेसम्मकै चौथो वा पाँचौ ठूलो सप्ताहन्त रेकर्ड भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको यस फिल्मको व्यापार बलिउड उद्योगका सुखद खबर हो। ४०० करोड बजेटमा निर्माण भएको फिल्मले पहिलो सातामा दुई सय करोड कलेक्सन गर्ने अनुमान लगाएका छन।

त्यसैगरि, अयान मुखर्जी निर्देशित यस फिल्मले विश्वभरिको ग्रस कलेक्सन २१० -२१५ करोड रहेको छ। फिल्मले विश्वभरबाट प्रदर्शनको पहिलो दिन ७५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। त्यस्तै, दोस्रो दिन ८५ करोड कलेक्सन गर्दा तेस्रो दिन ७०-७५ करोड रुपैयाँ भारतीय रुपैयाँको व्यापार गरेको छ।

यस फिल्ममा रणवीर र अलियाका साथै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय लगायतका कलाकारहरूको अभिनय छ। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो। यो फिल्म हिन्दी,तमिल, तेलुगु, मलयालम र कन्नडसहित पाँच भाषामा एकसाथ रिलिज भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell